कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ । पीसीआरको रिपोर्ट आउन बाँकी छ ।
मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको एन्टिजिन परीक्षण गरिएको थियो ।
उनका स्वकीय सचिव विक्रम न्यौपानेलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यौपाने हाल आइसोलेसनमा छन् ।