मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

सांकेतिक तस्बिर

मोरङ – मोरङको रतुवामाई नगरपालिका– ६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । आइतबार अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको मंगलबार पहिचान खुलेको हो ।

मृतक महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार बुवा धनुस सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर लगेका छन् । यो घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । सरिताका श्रीमानको दुई वर्षअघि निधन भएको थियो । उनी कानेपोखरी गाउँपालिका–२ मा रहेको कृषि फर्ममा काम गर्थिन् । उनका एक छोरा पनि छन् ।

शुक्रबार बिहेमा जाने भन्दै उनले फर्मबाट बिदा लिएकी थिइन् । आइतबार उनको शव भेटिएको थियो । भैंसीलाई घाँस काट्न गएका स्थानीय रामप्रसाद भण्डारीले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महिलामाथि बलात्कार भए/नभएको विषय पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीको भनाई छ । महिलाको घाँटी र अनुहारमा निलडाम छ । उनले लगाएको कपडा च्यातिएको र सुरुवाल पनि सुर्किएको अवस्थामा शव भेटिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्