काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९१२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् । यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् ।यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२/३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।