सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए

काठमाण्डौ – विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमति लिनेमध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।
सगरमाथा आरोहीबाट यस वर्ष सरकारले ४७ करोड ७७ लाखभन्दा धेरै रोयल्टी संकलन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्