मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

सिन्धुलीको भिमानबाट दूधौलीतर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल चन्दनपुरमा अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा रहेका तीन जनाको ज्यान गएको हो ।

दुर्घटनामा परि चालक दूधौली नगरपालिका–४ डकाहाका २६ वर्षीय यम कुमर (दनुवार) र उनका भतिज १३ वर्षीय आशिष कुमरको घटनास्थलमा नै ज्यान गएको हो। दुर्घटनामा घाइते भएका ९ वर्षीय अतिद कुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्