काठमाडौँ– दाङको दंगीशरण गाउँपालिकाले विपन्न समुदायका २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । बर्षौ आगलागि हुने समस्या बाट मुक्त दिलाउँनका लागि जस्तापाता वितरण गरिएको अध्यक्ष भागिराम चौधरीले बताए ।
गाउँपालिकामा यस बर्ष २ सय ५५ जनालाई जस्तापाता वितरण गर्ने लक्ष्य लिईएको थियो भने २ सय ९ घर परविारलाई ५० हजारका दरले प्रतिपरिवारलाई रकम उपलब्ध गराउने तयारी भईरहेको अध्यक्ष चौधरीले बताए । संघीय सरकारको सहयोगमा स्थानीय सरकारले खरको छानो हटाई वडा कार्यालय मार्फत घरपरिवार छनौट गरी जस्तापाता वितरण गर्ने योजना अघि सारेको हो ।
दाङको दंगीशरण गाउँपालिकाद्वारा विपन्न समुदायका २५५ घरधुरीलाई जस्तापाता वितरण
