सीसीएमसीमा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल

FILE PHOTO

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको छ । तर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने–नलैजाने तय भइनसकेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरेको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकमा यसबारे छलफल भएको मन्त्री गुरुङले बताए । ‘विद्यालय तथा कलेजहरुले भौतिकको साटो अनलाइन कक्षा चलाउने विषयमा छलफल चलेको छ,’ बैठकपछि उनले अनलाइनखबरसँग भने, ‘मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने नलैजाने निर्णय भइसकेको छैन ।’

पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सीसीएमसी बैठकले सतर्कता अपनाउन सबैलाई अपिल पनि गरेको छ ।

बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्