संरक्षण गृहमै ६ महिनादेखि बलात्कार

दाङ– बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ । तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेको हो। बालगृहमा बस्दै आएकी जुम्लाकी १४ वर्षीया बालिकाले आफुलाई चौधरीले ६ महिनादेखि पटक–पटक बलात्कार गरेका भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी छन्। जाहेरीपछि चौधरीको खोजी भइरहेको दाङ प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

बालगृहमा रहेका बालबालिका जोखिममा रहेको पाइएपछि स्थानान्तरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘बालबालिकालाई तुलसीपुर उपमहानगरसँग समन्वय गररे सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘बालगृहमा समस्या देखिएपछि अन्यत्र स्थानान्तरण गररे सुरक्षित गराउन थालिएको हो।’ बालगृहमा ९ बालक र ७ बालिका बस्दै आएका थिए ।

तीमध्ये पीडित बालिकालाई छुट्टै ‘सेफ हाउस’ मा राखेर मनोपरामर्श तथा उपचार गरिएको छ । ३१ वर्षीय चौधरी २०६५ चैत १५ मा बिजौरीमै भएको अर्को एक सामुहिक बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । उनी २०७५ माघ ३ मा पक्राउ परी ८८ दिन जेल बसेर छुटेका थिए । उनी त्यतिबेला पुनरावलोकनको निवेदन दिएर छुटेका थिए । सर्वोच्च अदालतले २०७२ फागुन ३० मा ९ वर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरको े थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्