काठमाडौँ । अघिल्लो वर्षहरुमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अचानक बेहोस हुन थालेपछि धेरै विद्यालय नै बन्द गर्नुपरेको अवस्था थियो । कराउने, चिच्याउने, बेहोस हुने जस्ता समस्याहरु धेरैजसो विद्यालयमा अध्ययनरत किशोरीहरुमा देखिन्छ ।
बेलाबेलामा देशका विभिन्न भागमा सामूहिक रुपमा यसरी छात्राहरू बेहोस हुँदा केही दिनका लागि विद्यालयसमेत बन्द गर्नुपरेका उदाहरण पनि छन् । । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका ती छात्रा विद्यालयबाट घर फर्केपछि आफै सामान्य अवस्थामा आए । छात्राहरु यसरी बेहोस हुने तथा काँप्ने गर्न थालेपछि कतै झारफुक तथा कतै पूजापाठ गराएका समाचार पनि प्रकाशमा आउने गरेका छन् ।
तर, यसरी सामुहिक रुपमा किन अचानक छात्रा बेहोस हुन्छन् भनेर सम्बन्धित निकायले अध्ययन गर्न सकेको छैन । जसले गर्दा यस्ता समस्या निम्तिएमा के गर्ने, उद्धार तथा उपचारका कस्ता विधि अपनाउने भन्नेबारे पनि एक प्रकारको अन्योल नै छ । एकसाथ धेरैजनालाई यस्तो समस्या देखा पर्नुलाई ‘मास हिस्टेरिया’ भनिन्छ । हिस्टेरिया हुने पहिलो व्यक्तिसँग भावनात्मक सम्बन्ध गाँसिएका अन्य व्यक्ति डराउने वा त्रसित हुँदा समूहगतरूपमा किशोर किशोरीहरूलाई एकैपटक ‘मास हिस्टेरिया’ हुने मनोविश्लेषक बताउँछन् ।
मास हिस्टेरिया भनेको के हो ?
सामुहिक रुपमा बेहोस हुने रोगलाई ‘मास हिस्टेरिया’ भनिन्छ । हिस्टेरियाले एक जनालाई आक्रमण गरेको खण्डमा ऊसँग निकट सम्बन्ध रहेका अन्यलाई पनि प्रभाव पार्ने भएकाले सामूहिक रुपमा धेरैजना बेहोस हुँदै ढल्छन् । हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसैगरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए । ‘मास हिस्टेरिया’ पैदा हुने मुख्य कारण अत्यधिक डर हो । डरलाई नियन्त्रण गर्न नसकेपछि सामुहिक रुपमा प्रभावित हुन्छन् । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । हिस्टेरिया हुनेमध्ये पहिलो व्यक्तिलाई कुनै कारणवस् तनाव, पीडा हुन्छ । त्यसपछि सँगै भएका अन्य व्यक्तिलाई त्यसले प्रभाव पार्दैजाने गरेपछि ‘मास हिस्टेरिया’ हुन्छ ।
‘मास हिस्टेरिया’ किन हुन्छ ?
– अनुसन्धानका अनुसार तनावका कारण हुन्छ ।
– तनावको प्रकार जस्तो पनि हुन सक्छ ।
– पढाइलेखाइको तनाव ।
– पारिवारिक तनाव ।
– नाता-सम्बन्धको तनाव
– आर्थिक तथा सामाजिक तनाव
– प्रतिस्पर्धाको तनाव
– कामनापूर्ति नहँदाको तनाव
– इज्जत प्रतिष्ठाको तनाव आदि ।
– यौनसम्बन्धी समस्याहरूले तनाव
– संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।
धेरैजसो ‘केस’मा हिस्टेरिया हुनुको पछाडि तनाव हुन्छ। मुख्य कारक तनाव नै हो। हाम्रो दैनिक जीवनमा तनाव जसरी पनि आउन सक्छ। घर व्यवहार कार्यालय अथवा टोल छिमेकलगातयका कारणले तनाव हुन सक्छ। तनावसँग जुध्न नसकेर शारीरिक लक्षणहरू देखिएका हुन्छन्। अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।
लक्षण
-हिस्टेरिया भयो भने बेहोस हुने ।
-अदृश्य शक्तिले छोप्ने ।
– हात खुट्टा झमझमाउने र लाटो हुने ।
-घाँटीमा डल्लो अड्केको महसुस हुने ।
– वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने ।
– छिटोछिटो सास चल्ने ।
-हातखुट्टा नचल्ने ।
-आवाज बन्द हुने ।
-आँखा नदेख्ने ।
-रुने, चिच्याउने, काम्ने ।
-उत्तेजित हुने ।
-कुटपिट गर्ने, कपडा च्यात्ने ।
-सम्झना शक्ति हराउने आदि ।
कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।
महिलालाई किन बढी ?
– महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् ।
– उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ ।
– जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या बढी हुन्छ ।
– किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तन पनि कारण हो ।
– किशोरीहरू परिवार र समाजबाट बढी नियन्त्रण हुनु ।
– महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यता ।
– महिला बढी अन्तरमुखी बन्न बाध्य हुनु ।
– पढ्ने, जीवनसाथी रोज्ने र आफ्ना समस्याहरूलाई नडराइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम छ ।
किन एकैपटक धेरै जनालाई हुन्छ ?
जस्तै क्लासमा होमवर्क दिएको हुन्छ । त्यो होमवर्क विभिन्न कारणले उसले गर्न सक्दैन् । सँगैको साथीलाई मैले होमवर्क गर्न पाइन । भोली मलाई टिचरले पिट्छ भन्ने कुरा गर्छन् त्यही कुरा अरुलाई पनि भन्छन् र होमवर्क नगरेकासँग यो कुरा मिल्छ ।
त्यो एक किसिमको मान्छेको फिलिङ, भावनाहरु साटासाट भएको हुन्छ । भोलीपल्ट विद्यालयमा जाँदा कुनै पनि किसिमको गलत सजायत शिक्षकले पक्कै दिन्छन् । त्यस्तो गलत सजाय भयो भने अनि मान्छेको शव कन्सेस माइन्डले कन्ट्रोल ग¥यो भने चिच्याउने, कराउने बेहोस हुने समस्या हुन्छ । त्यो कुरा एउटै फिलिङ भएको साथीहरुमा पनि हुन्छ । यो सरुवा रोग होइन तर मान्छेको फिलिङ, इमोशनल मिल्ने हुँदा एउटा नर्मल साथी कसैले उनलाई पिट्यो अथवा कसैले उनलाई केही ग¥यो भने पनि यस्ता समस्या आउन सक्छ ।
अथवा कोही महिला–किशोरीलाई घरमा या समाजमा कुनै समस्या भयो भने त्यो तनावलाई बहन गर्न सकेन शव कन्सेस माइन्डले उसलाई कन्ट्रोल ग¥यो भने उ आफैँलाई पनि मैले के गरिरहेको छु भन्ने कुरा थाहा हुँदैन । फुल्ली अनकन्सेस पनि होईन फुल्ली कन्सेस पनि होईन यस्तो समस्या केही समय रहन्छ । एक अर्काेमा यस्ता समस्याहरु देखिन थाल्छन् । यस्तो समस्यालाई मास्ट हिस्टेरिया भनिन्छ ।
‘मास हिस्टेरिया’को उपचार
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।
मनका भावनाहरू सहज रुपमा व्यक्त गर्ने, रमाइलो गर्ने, सहजरुपमा अगाडि बढ्ने वातावरण भएमा हिस्टेरिया नहुने मनोविश्लेषकको भनाइ छ । ‘पहिलापहिला मास हिस्टेरिया भएर हिमाल, पहाड र तराई क्षेत्रमा बेलाबेला धेरैजना बेहोस हुन्थे,’ उनले भने, ‘क्रमशः जनचेतना फैलिदैँ गएसँगै किशोरकिशोरीले मनमा कुन्ठित भावना बाँड्न थालेपछि मास हिस्टेरिया कम हुन थालेको छ ।’ यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् । निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।
जहाँजहाँ जनचेतनाको अभाव छ, त्यहाँत्यहाँ मास हिस्टेरिया धेरै देखिएको छ । किशोरकिशोरी तथा वयस्कहरूमा विभिन्न कारणले हुने तनावलाई व्यवस्थापन गर्न सकेको खण्डमा हिस्टेरिया हुँदैन । हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड-बडी मेडिसिन हो, साइकोथेरापी हो । मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ ।
कहिलेकाहीँ ‘हिस्टेरिया मास कनभर्जन डिस अर्डर’को रूपमा आइरहेको हुन्छ। जसमा स्कुलमा धेरैलाई एकैचोटी देखिने हुन्छ। त्यस्तो बेलामा समाजमै गएर केही गर्नुपर्ने हुन्छ। त्यो बाहेक यसका पछाडि के कारण छ भनेर समेत खोज्नुपर्ने हुन्छ। कहिलेकाहीँ हिस्टेरिया अरु मानसिक समस्याको रूपमा समेत आउन सक्छ। डिप्रेसन,एन्जाइटीलगायतका रोगहरूको लक्षणको रूपमा पनि आउन सक्छ। त्यसकारण हामीले पहिला अन्य रोगको कारक हो कि होइन भनेर हेर्छौं।त्यसको आधारमा हामी उपचार गराउँछौं।
हिस्टेरिया भएका बिरामीलाई देख्ने मान्छेहरू एकदमै डराउँछन र अत्तिन्छन् पनि। ठूलो समस्या भएको जस्तो देखिन्छ। बेहोश हुने,अचेत हुने अनि नभएकोले बक्ने गर्दा धेरै बिरामीलाई ‘इमर्जेन्सी’मा ल्याइन्छ। कहिले-कहिले दुर्गम क्षेत्रबाट गाडी पाइएन भने हेलिकप्टरबाट समेत ल्याएका हुन्छन्।
धेरैजसो बिरामीहरू फुक्ने,जान्नेकोमा लगिएका हुन्छन्। त्यसपछि मात्रै उनीहरू अस्पताल आउँछन्। कसैले बोलाएजस्तो लाग्ने,बोलेको जस्तो लाग्ने,पिटे भन्ने,पिटेको जस्तो अनुभव हुने खालका लक्षणहरू पनि देखिन्छन्। बिरामीलाई यो अवस्था आयो भने एन्जाइटी या डिप्रेसन भएको हुनसक्छ।
मास हिस्टेरिया हुँदा यसो गर्नुपर्छ ?
मास हिस्टेरिया भएर बेहोस भएर ढलेकाहरूलाई सिधा सुताइदिनु पर्छ । बेहोस भएर ढलेको ठाउँमा धेरै होहल्ला गर्न हुँदैन । यसरी बेहोस भएको व्यक्ति व्युँझिएपछि उसलाई सान्त्वना दिनुपर्छ । ‘एक पटक सामुहिक रुपमा मास हिस्टेरिया भएपछि पुनः दोहोरिने सम्भावना कम हुन्छ,’ उनले भने, ‘तर हिस्टेरिया भएको मुख्य व्यक्तिलाई दोहोरिन सक्छ ।’
हिस्टेरियाको अन्य मानसिक रोगसँग सम्बन्ध हुने भएकाले समयमै उपचार भएन भने मानसिक रोगसमेत उत्पन्न हुन सक्ने उनले बताए । हिस्टेरिया भएपछि उचित परामर्श नहुँदा हीनताबोध हुने, डिप्रेसनमा जाने, आत्तिने आदि मानसिक रोग उत्पन्न हुन सक्ने उनको भनाइ छ । किशोरकिशोरीमा हिस्टेरिया के कारणले भएको हो भन्नेबारे मासहिस्टेरिया हुनुभन्दा अगाडिको तनाव पहिचान गरेर सहयोग गर्नुको विकल्प नभएको उनले बताए । हिस्टेरिया भएका बिरामीको सबैभन्दा ठूलो उपचार परिवारको साथ–सहयोग, उचित परामर्श भएको मनोविश्लेषक आचार्य बताउँछन् ।
मास हिस्टेरिया अथवा हिस्टेरियाको विषयमा विभिन्न किसिमको धारणाहरु रहेका छन् । कसैले विवाह गरेपछि ठिक हुने, कतिले धामीझाँक्रीलाई फुक्न लगाउने, फुक्न लगाउँदा ठिक भएको जस्तो पनि हुन्छ । यो केही क्षणलाई हुने र ठिक हुने समस्या हो त्यो कारणले गर्दा हाम्रो समाजमा नकारात्मक प्रचलन बढिरहेको छ ।
यो ठूलो मानसिक रोग होईन यो मनावैज्ञानिक समस्या हो जुन उमेर बढ्दै गएपछि ठिक हुन्छ । तनाव स्ट्रेशलाई बहन गर्न नसकेको अवस्थामा यस्तो समस्या देखिन्छ । त्यसैले जो मान्छेले तनावको बारेमा छलफल गर्छ । बाहिर निकाल्न छ भने त्यो पनि समस्या समाधानको एउटा बाटो हो । परामर्श गर्ने कुरा पनि त्यही हो । किन भने यसको उपचार गर्ने भनेको नै मनोपरामर्श तथा काउन्सिलले ठिक पार्ने हो । त्यसैले हामीले मनोपरामर्श गर्दा दबाएर राखेको स्ट्रेशलाई बाहिर निकाल्ने काम हुन्छ ।
हिस्टेरिया ठूलो रोग होईन यो उमेर बढ्दै जादा निको हुने रोग हो । ठूलो अनुसन्धान गनुपर्ने, डाक्टर कहाँ जानु पर्ने समस्या होईन । मनोपरामर्शबाट ठिक हुने रोग हो । एक जनालाई समस्या भएपछि अरुलाई पनि मास हिस्टेरियाको समस्या देखिएको खण्डमा त्यो ठाउँमा कुनै न कुनै किसिमको तनाव छ त्यो तनावलाई बहन गर्न नसकेको अवस्थामा समस्या देखिएको हो भन्ने बुझ्नुपर्छ । परिवार, शिक्षक र समाजको पनि सकारात्मक भूमिका हुनुपर्छ । मानसिक रोग लाग्यो भन्दैमा विवाह गरेर ठिक हुन्छ भन्ने १२/१३ वर्षको किशोरीलाई विवाहको कुरा गर्दा झन तनाव हुन्छ । यस्तो किमिसको कुराहरुमा हामी अल्झीनु भएन किन भने यो समस्या पुरुषलाई पनि हुन्छ र विवाह गरेर समस्याको समाधान हुने होईन ।
लापरबाही गरे के हुन्छ
जुन ढंगले उपचार गर्नुपर्ने हो त्यो ढंगले उपचार भएन भने यो बढिरहन्छ। पटक-पटक दोहोरिन सक्छ। बिरामी अपहेलित हुँदै जान्छ। उसलाई स्कुलबाट निकाल्दिने,काममा छ भने हटाइदिने पनि गरिएको हुन्छ। शारीरिक रूपमा यो ठूलो समस्या होइन। यसले ज्यानलाई खतरा पनि हुँदैन। तर उपचार भएन भने मनोवैज्ञानिक रूपमा तनाव भइरहन सक्छ। रोग बढिरहन सक्छ। यस्तो अवस्थामा मान्छेले दैनिक रूपमा जे काम गर्नुपर्ने थियो त्यो गर्न सक्दैन ।