काठमाडौं – २०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए ।
२०७५/७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटा चिनेजानेकै र ५ सय ३२ वटा चिनजानबाहिरका व्यक्तिको संलग्नता भेटियो । २०७६/७७ मा २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटा चिनेजानेकै व्यक्ति संलग्न भएको पाइयो ।
२०७७/७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।