पृथ्वीनारायण क्याम्पस, रसायनशास्त्र विभागको अक्षयकोष स्थापना, प्रत्येक वर्ष उत्कृष्ट ४ जना विद्यार्थी पुरस्कृत हुने

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस, पोखराकाो रसायनशास्त्र विभागले अक्षय कोषको स्थापना गरेको छ । अक्षयकोेषबाट प्रत्येक बर्ष उत्कृष्ट ४ जनालाई पुरस्कार प्रदान गरिने छ ।

क्याम्पसको रसायनशास्त्र विभागले स्नातक तथा स्नातकोत्तर तहको परिक्षामा रसायनशास्त्र बिषयमा उत्कृष्ट अंक प्राप्त गर्ने २ जना र अनुसन्धानमा उत्कृष्ट अंक प्राप्त गर्ने २ जना गरि जम्मा ४ जना विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने क्याम्पसको रसायन विभागका विभागीय प्रमुख प्राध्यापक डा. अक्कलदेव मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले रु ७ लाख १२ हजार ५ सय रुपैयाँ राशिको एउटा अक्षय कोषको स्थापना गरेको हो । अक्षयकोषबाट प्रत्येक वर्ष उत्कृष्ट ४ जना विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्