काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।
शुक्रबार काठमाडौँको नारायणहिटी दरबारको प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै नेता बादलले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’
नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’
मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।