काठमाडौं – संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा आफैं सर्वोच्च अदालत पुगेका छन् ।
शुक्रबार बिहान सभामुख सापकोटा सर्वोच्च अदालत पुगेका हुन् । सभामुख सापकोटाले प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, मुख्यसचिवसहित नियुक्ति पाएका कर्मचारी विरूद्ध अदालतमा रिट पेश गरेका छन् ।
सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए । उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए ।