काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नरहेको प्रष्टीकरण दिएका छन् ।
शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले संवैधानिक निकायहरुमा भएको असंवैधानिक नियुक्तिविरुद्ध आम हड्ताल गरेकाले अरु नारा नलगाउन भनेको बताए । उनले बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता–कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि रोकेका थिए ।