पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ । पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो ।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ । गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन रहेको छ । कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जमिन छ । त्यसैमा विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति बाटिका उद्यान बनाउने योजना रहेको सदस्य सचिव प्रदीप ढकालले बताए ।

वृद्धाश्रम भने निर्माण सुरू नै भइसकेको छ । त्यो समाज कल्याण मन्त्रालय अन्तर्गत रहेको छ ।

पशुपति हिन्दु विश्वविद्यालयका लागि प्रारम्भिक अध्ययन भइरहेको ढकालले बताए ।

उनले विश्वविद्यालयले पशुपतिनाथसँग जोडिएका सबै अंगको अध्ययन अध्यापन गर्ने बता ए। पशुपति क्षेत्र विकास कोषले हाल नेपाल वेद विद्याश्रम स्कुल सञ्चालन गरिरहेको छ । त्यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्