कक्षा १२ को परीक्षा : ’बढाएर नम्बर दिँदा’ नतिजा सुधार

काठमाडाैँ – कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।

गत वर्षहरुको नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । यो वर्षको सोमबार प्रकाशित नतिजामा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ । गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य थियो भने यो वर्ष ४० जनाभन्दा बढीले ४ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा सञ्चलन गरेर त्यहीँ उत्तरपुस्तिका परीक्षण गर्दा कक्षा १२ को नतिजामा सुधार देखिएको हो । २० प्रतिशत पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा समेत शिक्षकहरुले आफूखुसी नम्बर दिएकाले गत वर्षको तुलनामा राम्रो नतिजा आएको हुनसक्ने बोर्डका अधिकारीहरु बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्