पत्रपत्रिकाबाट
काठमाडौँ – उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको छ । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो ।
बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए । ’नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छ’, श्रेष्ठले भने, ’बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए ।’ यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।