काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ ।
लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन सहमत भएको थिएन ।
बिक्रेताले निगमले पेट्रोलियम पदार्थको कमिसन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पट्रोलियम पदार्थ विक्रेताको कमिसन बढाएको हो ।
यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।