भनसुन विना नै हुन थाल्यो कर्मचारीको सरुवा

पत्रपत्रिकाबाट
काठमाडौँ – विराटनगरको भन्सार कार्यालयका नायब सुब्बा विजय गौतमले काठमाडौँमा रहेको केन्द्रीय तथ्याङ्क विभागमा सरुवा माग गर्दै एक महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिए । अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिएको दुई हप्तामै गौतमलाई मन्त्रालयबाट तपाईंले रोजेकै कार्यालयमा सरुवा भयो भनेर फोन आयो ।

महोत्तरी, जलेश्वरको हुलाक कार्यालयबाट निजामती किताब खानामा सरुवाका लागि निवेदन दिएका खरिदार सावित्रा अधिकारीको पनि अनलाइनबाट निवेदनदिएको केही दिनमै मन्त्रालयले सरुवा भएको जानकारी दियो । “खाली ठाउँ कहाँ छ भन्ने खोज्दै जाँदा निजामती किताब खानामा खरिदारको पद खाली भएको पाइयो । अनलाइनबाट निवेदन दिएँ । निवेदन दिएको चार दिनमै तपाईंको काम भयो भनेर मन्त्रालयबाट फोन आयो” अधिकारीले भनिन् । अनलाइन प्रणालीबाट सरुवा गर्दा बिनाभनसुन र विना झन्झट रोजेकै कार्यालयमा सरुवा भएको उनले बताइन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ । यसअघि भौतिक रूपमै उप‚िथत भएर सरुवाका लागि निवेदन दिँदा एक महिनामा तीन सयदेखि चार सय निवेदन आउने गरेकोमा अनलाइन प्रणाली लागू भएपछि आठ सय पुगेको छ ।

निवेदन दिएकामध्ये एक महिनामा ७२ जनाको सरुवा अनलाइन प्रणालीबाट भएको मन्त्रालयले जनाएको छ । गोरखापत्रमा खबर छपिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्