तराईका जिल्लामा बाक्लो हुस्सु, काठमाडौँको न्युनतम तापक्रम २.७ डिग्रि मापन

File Photo

काठमाडौँ – तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । अबको दुई हप्तासम्म यस्तै रहने मौसम पूर्वानुमान विभागको अनुमान छ ।

पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभावका कारण तराईमा हुस्सु लागेको हो । आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्