प्रदेश सरकार गठनको रणनीतिमा जुट्यो कांग्रेस

काठमाडौँ – बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि आज पेश भएसँगै नेपाली कांग्रेस पनि रणनीति बनाउन जुटेको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार बुढानिलकण्ठ निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल गर्नुभएको छ ।

देउवाले नेताहरूसँग झन्डै दुई घन्टा प्रदेश सभामा अब के रणनीति अपनाउने भन्ने बारे छलफल गरेका गर्नुभएको हो । छलफलमा सहभागी एक केन्द्रीय सदस्यले देउवाले पार्टीलाई पनि फाइदा हुने गरी प्रदेश सभाबारे निर्णयमा पुग्नु पर्नेमा जोड दिएको बताउनुभयो ।

देउवाको उक्त प्रस्तावमा बरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशीलगायतले भने फरक मत राख्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको र उक्त कदमविरूद्ध कांग्रेस आन्दोलनमा रहेकाले प्रदेशमा ओलीनिकटलाई सहयोग गर्न नहुने उनीहरूको भनाइ थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्