२४ घण्टामा ४०३ जना संक्रमित थपिए

काठमाडौं– नेपालमा आज थप ४०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४४०१ जनाको गरिएको पीसीआर परीक्षणमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ५९४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५५ हजार ८८ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८८५ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १८५ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना संक्रमित थपिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्