प्रधानमन्त्री ओलीले बोलाए आफू पक्षीय नेताहरुको भेला

File Photo

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। ओलीले सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको ओली पक्षका एक नेताले जानकारी दिए ।

उनका अनुसार भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने छ । प्रतिनिधिसभा विघटनपछि बसेको नेकपा स्थायी कमिटी बैठकले पार्टीका अध्यक्ष ओलीलाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

बैठकले ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको छ । कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु सम्मेलित बैठकले लिएको निर्णयबारे रणनीति बनाउन भेला बोलाइएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्