वनमाथि सरकारको जारी राज्य आतंक विरुद्ध बैजनाथ सामुदायिक वनद्वारा आन्दोलनको घोषणा

उपहार संवाददाता–कञ्चनपुर ।
संघीय सरकारले नेपाल भरिको वनक्षेत्रमा काठदाउरा संकलन, विक्रिवितरणमा लगाएको प्रतिबन्धलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुर सिँह महराले राज्य आतंक विरुद्धको निर्णय भएको बताएका छन् । उपभोक्ताहरुलाई मारमा पार्ने गरि सरकारले काठ दाउरा संकलन, विक्रि वितरणमा लगाएको प्रतिबन्धले यतिबेला समुदायमा समस्या सृजना हुन थालेको छ ।
संघीय सरकारले नेपाल भरिका बनक्षेत्रमा काठ दाउरा संकलन, विक्रिवितरणमा लगाएको प्रतिबन्ध र विभिन्न बहानाबाजी गरेर छानविनको नाममा सिङ्गो देशभरिका वन क्षेत्रहरु र वन प्राविधिक, उपभोक्ता समुहका पदाधिकारी सदस्यहरु तथा सिंगो वन विज्ञानको मूलभूत सिद्धान्त नै समाप्त पार्ने, वन क्षेत्रमा जारी राज्य आतंक विरुद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले विभिन्न समयमा प्रतिवाद गर्दै आएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रममा विरुद्ध नेपालभर लागु हुने गरी २०७७ साल जेठ १५ गतेमा गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लगायत अन्य सामुदायिक वन क्षेत्रमा जनताको पीर मार्कालाई नजरअन्दाज गरी तथाकथित छानविन समितिको नाममा सामुदायिक वनहरु, वन प्राविधिक कर्मचारीहरु र संरक्षणकर्मी, वन विज्ञहरु तथा संरक्षणमा आवद्ध पचासौँ लाख जनतामाथि तथाकथित छानविन, कारवाहि सिफारिस र सरकार स्वयमले निर्माण गरि लागु गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज नामक राज्य आतंकको बैजनाथ वन उपभोक्ता समुह (वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम) ले घोर भत्सना गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधिान २०७२, वन ऐन, नियमावली, वन नीति स्वयम नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट वत्तव्य मा घोषणा गरिएको सुखी नेपाली समृद्ध नेपालको नारा व्यवस्थापन मार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने सरकारी नीतिको सम्मान गर्दै बैज्ञानिक वन र सम्पूर्ण वन क्षेत्रमा प्रचलित कानुन बमोजिम सरकारकै आदेशमा सञ्चालन गरिएका वन संरक्षण, वन विकास र वन सदुपयोग सम्बन्धि कार्यहरु विरुद्ध गरिएका सम्पूर्ण निर्णयहरु यथाशिघ्र खारेज माग गरेको छ । यस्तै पुनः स्वतन्त्र र निश्पक्ष छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गरि समुहको साधारण सभा बोलाई जनभावना र जनचाहना बमोजिम छानविन गरी दोषी प्रमाणित भएमा प्रचलित कानु बमोजिम कारवाहीमा सहयोग गर्न बैजनाथ सामुदायिक वन प्रतिवद्ध रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले सम्पूर्ण वन क्षेत्रहरुको अभिभाकत्व ग्रहण गरि सुखी नेपाल समृद्ध नेपाली को नारा साकार गर्न छोडेर सम्पूर्ण वन क्षेत्रमाथि विभिन्न वाहनामा सृजना गरेको राज्य आतंक विरुद्ध सम्पूर्ण संरक्षणकर्मी, सामुदायिक वनहरु, वन विज्ञहरु, कर्मचारी, सरोकारवालाहरुलाई सरकारी निर्णय फिर्ता गराउन गरिने निर्णयाक संघर्षमा आ–आफ्नो तह र तप्काबाट सहयोग गर्न समेत बैजनाथ सामुदायिक वनले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।
जसअनुरुप संघर्षका कार्यक्रम यस प्रकार रहेका छन् ।
अग्नी नियन्त्रण रेखा निर्माण मर्मत सम्भार पौष ३ गते, नियमानुसार काटिएको दाउरा चट्टा लगाउने कार्य पौष ३ गते, निशुल्क स्याउला खोल्ने कार्य पौष ३ गते र ४ गते, निशुल्क भुईघाँस खोल्ने कार्य पौष ५, ६ र ७ गते, पपुनरुत्पादन कटान प्लट सरसफाई कार्यक्रम पौष ८ गते र निशुल्क भिजा दाउरा मुड भारीमा खोल्ने कार्य पौष ८ गते राखेको छ । यस्तै संघर्षका कार्यक्रममा उपस्थित हुदाँ स्वास्थ्य मापदण्ड समेत अपनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्