राहत बोकेर नगर प्रमुख पुगे आगलागी पीडितलाई भेट्न

सुशील सुवेदी, सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नं ७, पँदालीका आगलागी पीडितलाई भेट्न राहत बोकेर मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल आफैं पिडितको घर पुग्नुभएको छ । करेन्ट सर्ट भएर आगलागि भएको केहि समय पछि नगर प्रमुख सहितको टोलि राहत बोकेर पिडितको घरमा पुगेको हो । बिहान करिब ८ बजेतिर करेन्ट सर्ट भएर आगलागी हुँदा मद्दत गिरी र राम्जी गिरीको घरमा क्षति पुग्नुका साथै नगद तथा अन्नपात नष्ट भएको थियो । इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङका अनुसार अनुसार २ घर पुर्ण रुपमा क्षति भएको छ । नगद ५ लाख ५० हजार, धान ३० मुरी, कोदो १४ मुरी, तोरी १ मुरी, गहुँ चामललगायत सम्पुर्ण अन्नपात जलेर नष्ट भएको थियो ।

नगर प्रमुख डम्बर अर्याल घटनास्थलमा पुगी पीडितहरुलाई तत्कालका लागि त्रिपाल, भाडा सेट ,चामलः १ बोरा ,डस्नाः २ सेट ,दालः ५ के।जि, नुनः २ के.जि. चिउराः ५ के।जि, मण्डी, भाँडासेट, खाद्यान्न, म्याट लगायत सामाग्रि हस्तान्तरण गर्नुभएको नगरपालिकाका सूचना अधिकारी जितबहादुर कार्कीले जानकारी दिनुभयो ।

“भएको घरमा आगो लागि हाल्यो अन्नपात पनि सबै सक्यो ,भएको पैसापनि सबै बल्यो यो चिसोमा काँ जाने र के खाने ठेगान छैन अहिलेको लागि नगरपालिकाले तत्काल टाउको लुकाउनका लागि त्रिपाल र पेट भर्नका लागि अन्नपात दिएको छ ” आगलागि पिडित मद्धत गिरिले बताउनुभयो । अहिले आफन्तको साहारामा बसिरहेको छु । कहिँकतै बाट थप सहयोग आएमा आफ्नौ घर बनाएर बस्न रहर छ ,रहर भएर मात्र के गर्नु पैसा छैन पिडित गिरिले गुनासो गर्नुभयो । पिडितको गुनासोलाइ सम्बोदन गर्दै नगरप्रमुख अर्यालले तत्कालका लागि प्राथमिक सहयोग गरेको भन्दै घर बनाउनका लागिपनि नगरपालिकाले केहि रकम सहयोग गर्ने बताउनुभयो । उहाँले विपद् ब्यबस्थापन समितिले अध्ययन गरिसकेपछि नगरपालिकाले थप सहयोग गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्