कोरोना सङ्क्रमितले डाक्टरसँग सल्लाह लिन यी नम्बरमा सम्पर्क गर्न सक्छन्

काठमाडौं – सरकारले तीन सय शय्याको कोभिड अस्पताल बनाउने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । उक्त अस्पताल बनाउने जिम्मा नेपाल प्रहरी अस्पतालाई दिइको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ । घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन डा.गौतमले अनुरोध गरे । ‘होम आइसोलेसन’ मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उनले आग्रह गरे ।

१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुईमा शून्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ छन् । आज मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

थप ३० को मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ३० जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३४ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रतिदश लाख पोजेटिभमा ३५ दशमलव चार हो । देशभर आज ३ हजार ३०९ सङ्क्रमित थपिएका छन् भने ३ हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्