कोभिड १९ का बिरामीसँग धरौटी शुल्क नलिन सबै सरकारी अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले कोभिड १९ का बिरामीसँग धरौटी शुल्क नलिन सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी शुल्कको सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण सोधेको जानकारी दिनुभयो । ‘सक्नेसँग लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत् रहेको जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।

मन्त्रालयले होम आइसोलेसनमा रहेका कोभिड बिरामीलाई सरसल्लाह दिने, अनुगमन र रिफर गर्ने जिम्मेवारी स्थानीय तहको भएको स्मरण गराउँदै तदारुकताका साथ काम गर्न ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले काठमाडौंसहित ठूला सहमा कोरोना संक्रमण उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

यसैबीच मन्त्रालयले कोभिडबाट मृत्यु हुनेहरुको संख्या फरक–फरक सार्वजनिक भएको भन्दै सत्य तथ्य पत्ता लगाउन तीन सदस्यीय समिति बनाएको छ । समितिमा मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०का प्रतिनिधि छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्