विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रभाव विश्वभर परिरहेको बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेको अवस्था छैन । यसको रोकथाम तथा व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ भने विपन्न परिवारहरुको अवस्था झनै दयनीय बन्न पुगको छ । ज्याला मजदुरी गरेर विहान बेलुकाको चुल्हो बल्नेहरुदेखि लिएर विद्यार्थीवर्गहरु यसबाट प्रभावित बन्न पुगेका छन् ।
आधारभूत आवश्यकताबाट समेत बञ्चित हुन पुगेकोहरुका लागि प्रेरणाको श्रोत बन्न पुगको छ हण्ड्रेडस् ग्रुप । हण्ड्रेडस् ग्रुपले लकडाउन सुरुभएदेखि हालसम्म करिब ५ हजार ६ सय परिवारलाई राहत वितरण गरिसकेको छ । यस्तै शनिबार भक्तपुरका अति विपन्न १० परिवारलाई राहत वितरण गरको छ । खाद्यान्न सामग्रीमा करिब १५ केजी चामल, केराउ दाल, नुन, तेल र सोयाबीन (बोडी) वितरण गरेको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नं. ७ का १० परिवारलाई शनिवार उक्त राहत वितरण गरको हो । मध्यपुर थिमी नगरपालिका वडा नं. ७ का महिला वडा सदस्य सृजना बाडे, समाजसेवी नीरज बाडे लगायत अगुवा युवाहरुको सहयोगमा हण्ड्रेडस् ग्रुपका अध्यक्ष तथा सस्थापक संयोजक बब्लु गुप्ताले उक्त राहत वितरण गरेको हो ।
कपडा बैंकबाट असाहायहरुलाई निशुल्क र किन्न सक्नेलाई सशुल्क उपलब्ध गराउने अभियान्ताका रुपमा समेत चिनिदै आएका बब्लु गुप्ता यति बेला राहत वितरणमा व्यस्त रहेका छन् ।
यसअघि कालो बजारीकरण र आम जनमानसमा परेको असरलाई मध्य नजर गर्दै अभियानताहरु बिक्रम ओलि, बब्लु गुप्ता, बिमल पन्त, दिपेश धुन्जु, बबिन बस्नेत, नविन बस्नेत अन्सु यादव, विवेक ढकाल, सुशील भुर्तेल लगायतको सहयोगबाट मास्क उत्पादन समेत सुरु गरेको थियो । भने ग्रुपले सडकमा खटिएका ट्राफिक प्रहरीहरु तथा सावजनिक यातायातका चालक तथा सहचालक एवम् यात्रु हरुलाई लक्ष्यित गरि निःशुल्क माक्स वितरण गरेको थियो ।