स्नातक चौथो बर्षका परीक्षार्थीहरुका लागि त्रिभुवन विश्वविद्यालयको सूचना

स्नातक चौथो बर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि परीक्षा सञ्चालन सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोप नेपालमा पनि देखिएकाले अवस्थामा २०७६ साल चैत महिनादेखि स्थगत भएका परीक्षाहरुको सम्बन्धमा नेपाल सरकारबाट प्राप्त निर्देशक अनुसार त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परीषदको बैठकले केहि महत्वपूर्ण निर्णय गरेको छ । २०७७ साल असोज २७ गतेको बैठकले यस पटकको लागि मात्र परीक्षार्थीलाई हाल आफु बसिरहेको जिल्लामा पायक पर्ने परीक्षा केन्द्रबाट स्वास्थ्य मापदण्डसहित सामाजिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्ने निर्णय भएअनुसार २०७७ सालको स्नातक तह चौथो बर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेवसाईट मा गई आफुलाई पायक पर्ने जिल्ला छान्ने र लिंकमा गई संलग्न फारममा तोकिएको विवरण सहित आवश्यक प्रमाणहरु समाविष्ट गरी मिति २०७७ कार्तिक १६ गतेसम्म भरिसक्नु हुन विद्यार्थी तथा परीक्षार्थीहरुलाई सूचित गरेको छ ।
यदि तोकिएको अवधिभित्र उक्त फारम नभर्ने परीक्षार्थीहरुले विगत बर्षहरुझै आ–आफ्नो क्याम्पस केन्द्रबाट मात्रै परीक्षा दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्