“स्वर्ग भूमी” (कविता)

जोगाउनु छ रे, कालापानी ,जोगाउनु सुस्तालाई

स्वर्गको टुक्रा ,यो अपी हिमाल, हाँस्दै छ मुस्कुराइ

हे आमा नेपाल, यी तिम्रा सन्तान, गोर्खाली वीर हुन

सगरमाथा र कञ्चनजङ्गा यी हम्रा शीर हुन ।।

 

तराइको फाँट, हात्तीको सार, डाँफे छ हिमाल

सुन्दर देश, यो हाम्रो नेपाल ,स्वर्गझै बिशाल

मधेशको टुक्रा, मधेस हैन ,तराइको भूमी हो

पहाड  हिमाल ,तराइ मधेश, किन आज रुनी भो ।।

 

खप्तड को छाया, परे को छ रे,सुदूर को भूमिमा

हे  आमा नेपाल, स्वर्गको टुक्रा , यो हाम्रो जुनीमा

जोरायल डोटी , बझाङ  छ्न्ना, बाजुरा मालिका

कृषि मा उधम ,चलाउनु छरे, फूल झै डालीका ।।

 

पुर्खाको रगत, नेपाली माटो, इतिहासकै पानामा

हे दाजु भाइ, लड्दैछौ आफै, दुइमुठी दाना मा

खुकुरी हाम्रो,पुर्खाको नासो, जोगाउनु छ भूमी

हे सन्तान हरु ,नेपाल देश का,न बढाउनु दुरी ।।

 

देब को भूमी, शिव को आश्रम ,यो देश नेपाल

छन पशुपती,छन मालिकार्जुन,यो देश नेपाल

जन्मेका यहीँ ,गौतम बुद्ध , यो देश नेपाल मा

बेचिदै छरे , आमाको चोली, यो देश नेपाल मा ।।

 

बन्दुक को गोली, सहन सक्छौ , नेपाली रुक्दैन

खुकुरी हाम्रो,तरवार हाम्रो,कहिले नी झुक्दैन

भत्काउदै छ रे ,झुपडी मेरो, सिमाको स्तम्भ

लगाउनु छरे,त्यो काँडेतार , जोगाउनु स्तम्भ ।।

 

बिजुली हाम्रो,लुकेको छ रे ,पहाड को कोखै मा

जमिन हाम्रो ,सुकेको छ रे , जीवन छ सोकै मा

छन कति नदि ,छन कति ताल ,छन कति हिमाल

पुर्खाको नासो ,यो देश नेपाल ,सुन्दर छ  बिशाल ।।

 

पूर्बको मेची ,पश्चिम् काली , दुई देश्को साझा हो

बिरता हाम्रो , झुकेको छैन , पुर्खा को नाता हो

ब्राह्मण क्षेत्री, वैश्य र सुत्र ,नेपाल का जाती हुन

ती जङ्गे पिलर ,वर वर सार्ने ,यो राष्ट्र घाती हुन ।।

 

खेलको मैदान,बनाउनु छ रे , बिश्वमा चिनाउने

सान्ती को दियो, जलाउनु छरे, स्वर्ग मा बिलाउने

वीरका सन्तान , गोर्खाली वीर , बिश्वमा लड्दैछन

नेपाली युवा , गोर्खाली सपूत , अगाडी बड्दैछन ।।

 

सुन को टुक्रा ,तराइको भुमी ,सुन छ फलाउनु

कैलै न निभ्ने सान्तिको दियो , छ अब जलाउनु

खप्तड स्वामी ,कोमार्ग दर्सन, सुदूर प्रदेश मा

फैलाउनु छ रे, शान्ती को सन्देश ,नेपाल देश मा ।।

 

हिरा झै अटल, चम्किने हिमाल, नेपाली सिर हुन

बिस्वको मुटु , थर्काउदै लड्ने, नेपाली वीर हुन

स्वतन्त्र थियो, नेपाल को भूमी, बिश्वको चिनारी

न सार्नु पाइला,यो राष्ट्र चुस्ने , राष्ट्रिय भिकारी ।।

रचनाकार : कृष्ण विष्ट, लेकम-५, दार्चुला हाल कृषि तथा  वन बिज्ञान विश्वविद्यालय मकवानपुरमा कार्यरत हुनुहन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्