सुशील सुवेदी, सिन्धुपाल्चोक
बिश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको छ । नेपालमा परिक्षणको दायरा फराकिलो अर्थात बढाएको हुनाले अहिले सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौका अस्पताल हरुमा बेडको अभाब छ भने स्थानिय तहले बनाएका आइसोलेशन तथा क्वारेन्टाइनहरुपनी भरिन थालिसकेका छन। हरेक क्षेत्रमा पिसिआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरेलगत्तै परिक्षण गर्नेको संख्या बढेको हो ।
निजि क्षेत्रले २४ घण्टा भित्र रिपोर्ट दिइरहदा सरकारी निकायको यो ढिला सुस्तिको आवज उठाउने कस्ले ? चाडपर्व दैलोमा आइसक्यो घरका अन्य सदस्य हरु घरमा बुबा आउने आसमा छन् । शरीरमा कुनै पनि लक्षण पनि छैन रोग पनि स्वाब संकलन गरेको ५ दिन बितिसक्दा पनि रिपोर्ट आउदैन मनमा एकदमै चिन्ता छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका १ बासखर्कका १ सङ्क्रमितले गुनासो गर्नुभयो ।
साच्चै २४ घण्टामा रिपोर्ट ल्याउने तयारी गर्छौ भनेर सरकारले भनिरहदा अब कतिदिन यस्ता वाइयात कुरा पत्याएर बस्ने सरकार ? इन्द्रावती गाउपालिकाका बाबू छोरा १४ दिन देखि आइसोलेशनमा छन । १० बर्षको छोरा घरी के भन्छ घरी के भन्छ आफ्नो मनत बुझाउन नसकेको बेला त्यो अबोध बालकको मन कसरी बुझाउने होला छोराको कतिपय प्रश्नको जवाफ हुदैन म संग भन्दै पिसिआर रिपोर्ट ५ दिन बितिसक्दा पनि न आएको प्रती असन्तुष्ट हुनुहुन्छ ।
दिन भरी बस्यो शरिरमा रोग केही छैन या बस्यो केही काम छैन घरमुली मान्छे घरको काम सम्झिदा रिंगटा लाग्न थालिसक्यो अब के गर्नी ? रोग भन्दा पनि चिन्ताले मर्ने भैयो क्यारे भन्दै पिरोलिन्छन अब उहाँको समस्या कस्ले बुज्ने ?अनेक प्रश्न खडा हुन्छन २८/२९ दिन देखि आइसोलेशनमा बसिरहेका हरुलाइ अब कुवाको भ्यागुतोले कुवा भित्रै स्वर्ग देख्छ भने जस्तै मन बुझाउनु भन्दा अरु बिकल्प छैन ।
ए सरकार यति धेरै निर्दयी किन भाको ? जनताको समस्या नबुझ्ने हो भने कुर्सी तानातानमा दिन बिताएर हुन्छ ? २ छाक खानका लागि धौ धौ पर्ने जनताभाको देशमा ,रोग लागेपछि उपचार नपाउने देशमा तिमिहरुलाइ दशै भत्ता चाहिएको छ है ।कठै मेरो देश! लक्षण नभएको मान्छे द्दठरद्दड दिन सम्म पनि आइसोलेशन मा बस्न परिरहेको छ । घर प्रदेश नम्बर २ मा छ ।काम गर्न भनेर सिन्धुपाल्चोक आउनुभएका उहाँ सोझो भएर सरकार नियम मान्नाले म घरको न घाटको भए भन्दै पिरोलिन्छन । पिसिआर रिपोर्ट पोजेटिभ आयो क्वारेन्टाइन बाट आइसोलेशन आए २९ दिन भैसक्यो आज अब यहाँ बाट कहिले निस्कने के गर्ने म आज सम्म पनि घरमा भनेको छैन खल्तिमा पैसा पनि छैन तर आखामा आँसु टिलपिल छ । लक्षण केही छैन ।खान्छन बस्छन् अनि घर को चिन्ता गर्छन् । बुहारी बिरामी भएर हस्पिटल भर्ना भाको छ ।
छोरो संग पनि उपचार खर्छ छैन ।आफू थुनिएर बस्न परेको छ अस्पतालले पैसा नभै उपचार गर्दैन आफू संग पनि पैसा छैन ।काम गर्न पाएको छैन । यति सम्म कि घर जानको लागि गाडि भारा समेत छैन । पुर्पुरोमा हात अगाउछन अनि पिल पिल गर्दै रुन्छन भन्छन् मेरि बुहारिको रक्षा गर भगवान । उनी त एक प्रतिनिधि पात्र मात्र हुन यस्ता हजारौ समस्या भएका तर व्यक्त गर्न नसकेका हरुको पीडा बुझ्ने प्रयास किन हुदैन सरकार ?