मालिकार्जुन गाउँपालिका–४ औतालेकको पहिरो नियन्त्रणका लागि सर्वेक्षण सुरु

गणेशसिँह धामी
दार्चुला – मालिकार्जुन गाउँपालिका वडा न.४ औतालेकको पहिरो नियन्त्रणका लागि सर्वेक्षण भएको छ ।

आराध्यदेव हुनैनाथ मन्दिर क्षेत्रको पहिरो नियन्त्रणका लागि मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी लामो समयदेखि सक्रिय रुपमा लागेका थिए । आर्थिक वर्ष २०७६/२०७७को चैत्र बैशाखमा नै सम्भाव्यता अध्यन हुनुपर्ने भएपनि कोरोना भाइरस र वर्षायामको समयका कारण केही ढिलाई भएको अध्यक्ष धामीले बताए ।

पहिरो नियन्त्रणबाट ऐतिहासिक हुनैनाथ मन्दिर क्षेत्र र आसपासको क्षेत्र समेत सुरक्षित हुने बिस्वास गरिएको छ । पहिरो नियन्त्रणको सर्वेक्षण सकिएपछि पहिरो नियन्त्रणको काम सुरु हुने अध्यक्ष धामीले बताए । यस क्षेत्रको पहिरो नियन्त्रण गर्न सके हुनैनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष धामीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्