डडेल्धुराको आलितलमा जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

हरिश चन्द, डडेल्धुरा
डडेल्धुराको आलिताल गाउंपालीका -८ गोदाम स्थीत २३ बर्षिया महिला लाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आलिताल गांउपालीका वडा नं ५का ३५ बर्षिय पदम बहादुर खडायत रहेको डडेल्धुरा प्रहरीले जनाएको छ । उनलाई बिहिबार आलिताल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार बिहिबार राती निज खडायत पिडित महिलाको घरमा गइ,डर धम्की देखाई जबरजस्ती करणी गर्न खोज्दा पिडित महिलाले प्रहरी चौकी आलितालमा मौखिक जानकारी दिईएपछी उनलाई प्रहरीले नियन्त्रण मा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्