अनसनरत डा. केसी सँग सरकारी टोलीको भेट, अनसन फिर्ता लिन आग्रह

काठमाडौं – चिकित्सा शिक्षा क्षेत्र सुधारका बिभिन्न ६ बुँदे माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेटेर अनसन फिर्ता लिन आग्रह गर्नुभएको छ ।

अनसनरत केसीको स्वास्थ्य अवस्थामा बारेमा जानकारी लिन शिक्षा सचिवको टोली आज शिक्षण अस्पताल पुगेका हुन् । सचिव मैनालीले डा. केसीलाई भेटेर सबै माग जायज रहेको र पूरा गर्ने भन्दै उपयुक्त समय नभएकाले अनसन तोड्न आग्रह गर्नुभएको थियो ।

केसीले औपचारिक सहमतिका लागि वार्ता टोली पठाउन सरकारी प्रतिनिधिलाई आग्रह गर्नुभएको थियो । डा. केसीले सचिव मैनालीलाई यो कुरा सरकारका प्रवक्ताले नै भनिसकेकोले वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्ने बताउनुभएको डा. केसीका सहयोगी पृतम सुवेदीले जानकारी दिनुभयो । गएको भदौ २९ गतेबाट जुम्लामा अनशन सुरु गर्नुभएका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । डा. केसीलाई छाती दुख्ने, चक्कर लाग्ने समस्या देखिनुका साथै प्रतिरोधी क्षमतासमेत कमजोर बन्दै गएको छ ।-NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्