बैककाे कर्मचारी हुँ भन्दै साधारणलाई ठग्दै हिड्ने १ जना पक्राउ

देबराज पाध्याय, बाजुरा
बाजुरा जिल्लाका बिभिन्न ठाउँमा राष्ट्रिय बाणिज्य बैकको कर्मचारी हुँ भन्दै ठगी गर्दै हिड्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ् साबिकको पाटादेवल गाबिस वडा न ४ का देवराज थापा रहेका छन ।
उनले बाजुराका केही स्थानीयहरुलाई बिना धितो ऋण उपलब्ध गराईदिन्छु भन्दै ठगि गर्दै गरेको र केही दिन अगाडी त्यो खवर पाइसकेपछी जिल्ला प्रहरी कार्यालय बाजुराको पहलमा बझाङबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन । उनलाइ हिजो बझाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धन भइरहेको डिएसपी महराले बताएका छन ।
बुढिनन्दा नगरपालिका पाण्डुसैनकी १ महिलाको ३० हजार रुपैया ठगेको त्यसै गरी सदरमुकाम मार्तडीको बानीया होटलमा केही दिन बसेका र राष्ट्रिय बाण्ज्यि बैँकको कर्मचारी भन्दै भिआइपी कोठामा बसेको र खाना खायको ५६ हजार रुपैया नतिरेको र बझाङ् छान्ना घर भएका ब्यापारी जगत रावत लाइ समेत ठगि गरेको बुझीएको डिएसपी महराले बताएका छन । त्यस्तै धेरै मान्छेलाइ ठगेको हुन सक्ने आसङ्का गरिएको प्रहरी प्रमुख महाराले बताएका छन ।
उनलाई बिषेश सुराकीका आधारमा बझाङबाट पक्राउ गरी ल्याएको र थप अनुसन्धन भइरहेको बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्