सर्वोच्च अदालमा न्यायाधीश र केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आइतबार सुनुवाइ स्थगित

काठमाडौँ – न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोचच अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएका जनाएको छ । शनिबार एक न्यायाधीशसहित केही कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।
सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्थाका कारण एकलबाहेक अन्य इजलास स्थगन गरिएको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, ‘केही न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था छ । जसले इजलास बसेन । बन्दी लगायतका मुद्दाका लागि एकल इजलास भने बस्नेछ ।
आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमात्र तोकिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्