बन्द रहेका विमानस्थललाई नियमित सञ्चालनमा ल्याउने : मन्त्री भट्टराई

डोटी – पर्यटन मन्त्री योगेश भट्टराईले लामो समयदेखि बन्द रहेका विमानस्थललाई नियमित रुपमा सञ्चालनमा ल्याउने बताएका छन् ।

शनिबार डोटीको दिपायल विमानस्थल निरिक्षणका क्रममा मन्त्री भट्टराईले दिपायल विमानस्थललाई नियमितसञ्चलानमा ल्याउन रनवे विस्तार गर्नुपर्ने महशुस भएकाले आवश्यक जग्गाका बारेमा अध्ययन गरी विमानस्थलको क्षेत्र विस्तार लागि क्रियाशिल रहने बताए । रनवे विस्तार गरेर नियमित हवाइ उडान भर्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले प्राकृतिक रुपमा समेत सुन्दर रहेको यो विमानस्थल सञ्चालनमा आए राजधानी काठमाडौबाट डोटी नजिक हुनसक्ने बताए ।

मन्त्री भट्टराईले दिपायल विमानस्थलको स्तरोन्नतीका लागि डोटीका सांसद प्रेम आलेले गरेको दौडधुप र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

मन्त्री भट्टराई र सांसद आलेसहतिको टोली शनिबार सुदुरपश्चिमका ३ वटा विमानस्थलहरु निरिक्षण गर्ने क्रममा डोटी पुगेको हो । डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझांगको चैनपुर विमानस्थल निरिक्षणका लागि मन्त्री भट्टराईको टोली सुदुरपश्चिम पुगेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्