गान्धी जयन्तीको अवसरमा जुगल गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

सुशील सुवेदी, सिन्धुपाल्चोक-
सिन्धुपाल्चोकको भौगोलिक बिकटता भएको जुगल गाउँपालिकामा एम्बुलेन्स सेवा विस्तार भएको छ । शान्ति र अहिंसा प्रतिमुर्ति माहात्मा गान्धीको जन्म जयन्तीको शुभ अवशरमा भारत सरकार बाट नेपाली स्थिति भारतीय राजदूताबाँस मार्फत जुगल गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो । भौगोलिक विकटता, लगायतका समस्या झेल्दै आइरहेको जुगल गाउँपालिका वासी जनताको स्वास्थ्य सेवामा केहि सहजताका लागि एम्बुलेन्स भित्राइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ ले जानकारी दिनुभयो ।
स्वास्थ सेवा चुस्तदुरुस्त उपलब्ध गराउन र लामोदुरी सम्म घन्टौ बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता हरु अन्त्य गर्दै र गर्भवती आमाहरुलाइ प्रसुती गराउनको लागि अस्पताल सम्मको निसुल्क एम्बुलेन्स सेवा पालिकाले गर्दै आएको छ । समयमै बिरामीलाई अस्पताल सम्म पुर्याउन सकियोस् भन्ने उदेश्य रहेको उनले बताइन । जुगल गाउँपालिकावासीले स्वास्थ्य क्षेत्रमा भोग्नु परेको समस्या अव सामाधान हुने र अझै स्वास्थ्य क्षेत्रमा नयाँ आयामहरु विस्तार गर्ने उपाध्यक्ष तामाङ ले बताइन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्