जोखिमयुक्त बस्ती सम्बन्धि प्रारम्भिक प्रतिबेदन हस्तान्तरण

सुशील सुवेदी, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लामा असार १९ गते पछि परेको अबिरल बर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमाबाट भएको जनधनको क्षति र तत्पश्चात बस्ति स्थानान्तरण सम्बन्धि प्रारम्भिक सुझाव प्रतिबेदन माननीय गृह मन्त्री राम बहादुर थापा’बादल’लाई एक कार्यक्रम बिच जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले हस्तान्तरण गर्नु भएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रतिबेदन बुझ्नु हुंदै माननीय गृह मन्त्रीज्युले देशै भरिका ४९ जिल्लाहरु बाढि पहिरोबाट क्षति भएको र सिन्धुपाल्चोक सबैभन्दा बढि पिडित भएकोमा दुख ब्यक्त गर्नु भएको छ ।उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुंदै उहांले बिश्व बैकसंग करिब ६ अर्ब बराबरको ऋण सम्बन्धि सम्झौता भै सकेको र कार्यान्वयनको चरण रहेको समेत बताउनु भयो ।उहांले बिपद पश्चात बस्ति स्थान्तरण गर्दा पिडितहरुको चाहना अनुरुप गरिनु पर्ने र रोजगार र आय आर्जनमा बिशेष ध्यान दिईनु पर्ने बताउनु भएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा आफ्नो भनाई राख्नु हुंदै पुर्ब मन्त्री एबम सिन्धुपाल्चोक क्षेत्र नं २ का संघीय सांसद शेर बहादुर तामाङले बस्ति स्थानान्तरणका लागि जग्गा सट्टापट्टा सम्बन्धि कानुन अपरिहार्य रहेको र सो कानुन तत्काल पारित गर्न माननीय गृहमन्त्रीज्युलाई अनुरोध समेत गर्नु भएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा पुर्ब सांसद एबम ने.क.पा.नेता दावा तामाङ ,ने.क.पा.केन्द्रिय सदस्य एबम पार्टि जिल्ला कमिटिका तर्फबाट गठित अध्ययन कार्यदलका संयोजक माधब सापकोटा’सुबोध’गृह मन्त्रालयका सचिब महेश्वर न्यौपाने,प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,बिपद ब्यबस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल ,सम्माननीय सभामुखज्युका स्वकिय सचिब गोबिन्द पाठक ,जिल्ला समन्वय समितिकि उप प्रमुख बालकुमारी सापकोटा ,पत्रकार माधब नेपाल लगायतको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा उपस्थित पुर्ब कानुन मन्त्रीका स्वकीय सचिब निर्मल बन्जाराले जानकारी गराउनु भयो ।
सो कार्यक्रममा जुरे पहिरो पिडितहरुका लागि संकलित रकमको तत्काल फुकुवा गरि जिल्लाको पुनर्निर्माणमा प्रयोग खर्च गरिनु पर्ने बिषयमा समेत चर्चा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्