एकै दिन ३३०७ जनाले कोरोना जिते, निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ५ हजार ४०२, प्रदेश २ मा १३ हजार ९२८, बागमती प्रदेशमा १८ हजार ८५१, गण्डकी प्रदेशमा ३ हजार ३७९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

त्यस्तै प्रदेश ५ मा ९ हजार ८१, कर्णालीमा ३ हजार २५ र सुदूरपश्चिममा ७ हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० रहेको छ ।

नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्