गौतमको मुद्दा आज पनि हेर्दा हेर्दैमा, बुधबार पनः सुनुवाई हुने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज नसकिएपछि पुनः हेर्दाहेर्दैमा परेको छ । गत बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा शुक्रबार पुनः सुनुवाई भए पनि नटुङ्गीउपछि पुनः हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रियसभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर असोज ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए सो रिटमा असोज ७ गते बुधबार प्रारम्भिक सुनुवाई भएको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमको सांसद पद हालका लागि यथास्थितिमा राखी संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश गरेको थियो ।

वर्दिया १ बाट पराजित गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको भन्दै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इलाशमा सुनुवाइ गर्दै छन् ।

मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेता गौतमलाई असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका थिए । गौतमले सोही दिन साँझ ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्