प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय

सरकारले प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको छ ।
लामो समयदेखि अन्यौलमा रहेको ५ को राजधानीलाई प्रदेश ५ मन्त्रीपरिषदले शुक्रवार अन्तिम रुप दिएको छ ।
शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिसद बैठकले प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।
अब सो सम्वन्धि प्रस्ताव छिट्टै प्रदेश सभामा दर्ता हुने छ । मन्त्रीबपरिसदको बैठक अहिले पनि बसिररहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्