मन्त्रीमण्डल पुनर्गठनबारे ओली प्रचण्डबीच आज पनि कुरा मिलेन

FILE PHOTO

काठमाडौँ – मन्त्रीमण्डल पुनर्गठनबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार पनि कुरा मिलेको छैन ।

दुई अध्यक्षबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । ओली र प्रचण्डबीच लगातार तीन दिनदेखि यही विषयमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार अहिलेका सबै मन्त्रीहरू फेर्ने प्रचण्डको प्रस्ताव छ। प्रधानमन्त्री ओली भने केही मन्त्रीहरूमात्रै फेर्ने र थप्ने मनस्थितिमा छन् । आजको बैठकमा कुरा नमिलेपछि भोली पनि अध्यक्षद्वयबीच छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्