सांस्कृतिक जागरण नेपालको दोस्रो सामाजिक कार्य सम्पन्न

सुशील सुवेदी, सिन्धुपाल्चोक

सांस्कृतिक जागरण नेपालले विभिन्न कार्यक्रम गर्ने क्रममा आज मेलम्ची नगरपालिका अन्तर्गत विभिन्न मठ मन्दिर हरु सरसफाइ गरेको छ । विभिन्न ठाउमा सरसफाइ गर्दै आइरहेको यो संस्थालाइ नगरपालिकाले कोभिड लाई मध्य नजर गर्दै त्यस विषय मा सुरक्षा का लागि सेनिटाइजर माक्स सघयोग गरेको हो ।

संस्थालाइ अझ सुदृढ र संगठित बनाउदै आयात भएका नयाँ संस्कृतिले आफ्ना पुरानै मौलिकता बोकेको संस्कार संस्कृती हराएर जाने सम्भावना भएकाले विद्यार्थी वर्गमापनि संस्कार संस्कृतिको बोध गराइ समाजमा दिनानुदिन लोप भैरहेको सिलोकलाई पुनर्जागरण गरि पुनर्जीवन दिने र संगठित भएर अघि बढ्ने सांस्कृतिक जागरण नेपालका अभियान्ता विशाल आचार्यले बताउनु भयो ।

भावी कार्ययोजना बताउदै अबको केही दिनमै बाहुनेपाटीमा अवस्थित जाल्पादेवि र जनसुधारमा संस्कार संस्कृति विषयक प्रशिक्षण कक्षा संचालन गर्ने र संस्कार संस्कृति जोगाउन जुन हद पनि पार गर्ने आचार्यले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्