देबराज पाध्याय, बाजुरा
बाजुरा जिल्लाको उत्तरपुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा संचालित आइएनएफ बाजुराका कार्यक्रमको वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण गरिएको छ । आइएनएफ बाजुराले हिमाली गाउँपालिकाको कार्यालय धुलाचौरमै आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपलिकामा संचालित कार्यक्रमहरुको वार्षिक समिक्षा गरेको हो ।
आइएनएफ बाजुराले हिमाली गाउँपालिकामा शिक्षा, स्वास्थ्य र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा आइएनएफ बाजुराका कार्यक्रम संयोजक जुहारीलाल कार्कीले वार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेको गाउँपलिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताए ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाही,वडा नं ५ का अध्यक्ष अम्मलाल कार्की, ७ का अध्यक्ष जय बहादुर कार्की, कार्यपािलका सदस्य नर बहादुर चँदारा, सपुरा रावत, रिउली पाण्डे, आइएनएफ बाजुराका कर्मचारी तथा हिमाली गाउँपलिकाका विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार पदम सिहले गरेको थिए ।
बाजुराको हिमालीमा आईएनएफकाे बार्षिक समिक्षा सम्पन्न
