काठमाडौं – कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २८० पुगेको छ।
यस्तै देशभर शनिबार १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।
यसैबीच शनिबार काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।