विशाल आचार्य
यतिबेला हामी हाम्रा हातमा वेद, ज्योतिष,कर्मकाण्डका पुस्तकहरु हातमा लिइ सुन्दर पवित्र पाठशालामा प्रवेश गर्दै हुन्थौ होला । दौरा सुरुवाल र ढाका टोपिमा सजिएका हामि साथीभाइलाइ कति जिस्काउदै हुन्थौ होला कक्षामा गुरु न आउन्जेल भजन र गितमा ताली पिड्दै नाच्दै कति रमाइलो गर्थ्यौ होला जब कर्मकाण्डको कक्षा आउन आटेपछी पनेटी कसरे दुई हातले कान थिची कण्ठस्थ गर्न ब्यस्त हुन्थ्यौ होला ।
कोइ कसैलाइ ओइ मेरो पनि सुन्देन भन्दै हुन्थ्यो होला जब गुरु आएपछी साथिलाइ सुनाउदा आएको पाठ गुरुले सोद्धा आउदैनथ्यो होला अनि गुरुले सम्झाउदै भन्नू हुन्थ्यो होला तिमी यहाँ तेति टाढाबाट परिवारको सपना बोकेर आएका छौ तिमिलाइ तिम्रो समाजले, तिम्रो परिवारले चम्केको हेर्न चाहन्छ तेसैले टुप्पी कसेर पढ भन्दै सम्झाउनुहुन्थ्यो होला म घोसे मुन्टो लगाउदै मुन्टो हल्लाउदै बस्थे होला । जब वेदको कक्षा आउथ्यो अनि वेदका मन्त्र सुनाउन तछाड मछाड गरेर जान्थौ होला को अघि को पछि भन्दै अनि गुरु मुस्कुराउदै सम्झाउदै भन्नू हुन्थ्यो होला ।
आज सबैको भ्याइदैन पालो गर भन्नू हुन्थ्यो होला पनेटी कसेर गुरुको लयमा लयबद्ध भइ सास्वर सहित उच्च स्वरमा वाचन गर्दै हुन्थ्यौ होला ।म्यामहरुको आफ्नै माताको जस्तै प्रेमरसले भरिपुर्ण मायामा बाधिदै अङ्ग्रेजी पनि पढ्दै हुन्थ्यौ होला जब ज्योतिषको कक्षा सुरु हुनु भन्दा अगाडि सबै ज्योतिषका हिसाब र कण्ठस्थ गर्नमा ब्यस्त हुन्थ्यौ होला ओइ यो कसरी गर्नी भनेर साथिलाइ सोद्धै ब्यस्त हुन्थ्यौ होला जब गुरु निस्केपछी भजनमा रमाउदै नाच्न थाल्थ्यौ होला जब छात्रवासमा सन्ध्योपाशन पश्चात् क्रमबद्ध भै सामुहिक गिता वाचन पश्चात् भोजन गरिसकेपछि सबै मिलि गुरुले दिएको पाठ कण्ठस्थ पार्नमा ब्यस्त हुन्थ्यौ होला जब नौ बजेपछी हामी सवै एक ठाउमा जम्मा भै एकैछिन गफ गाफ गर्दै सुथ्यौ होला आहा कति मीठो निन्द्रा लाग्थ्यो होला ।
अहिले यी कुरा सम्झदा छट्पटी हुन्छ । यी सबै रमाइला क्षण र शिक्षाको अवसरबाट टाढा भएका छौ शिक्षाको मन्दिरबाट आमाको मायाको न्यानो काखमा सरेका छौ । उच्च शिक्षा र उज्वल भविष्य निर्माणमा ढेस लागिसकेको छ अब गम्भीर भएर सोच्ने बेला आएको छ ।