बैतडीमा सवारी दुर्घटना हुने क्रम बढ्दो

नरेश जोशी, बैतडी

पछिल्लो समय बैतडीमा सवारी दुर्घटना हुने क्रम बढेकोे छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २३ वटा सवारी सडक दुर्घटनामा परेका छन्। बैतडीमा सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनमा जिप रहेका छन्। धेरै चल्ने सवारी साधन पनि यहाँ जिप नै हो।

यस्तै आर्थिक वर्ष ७६/७७ मा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु र १३ जना शक्त घाईते २१ जना सामान्य घाईते भएका जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र रावलले बताएका छन। पहाडमा कच्ची र साधुरो रोड भएकोले सवारी साधन दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रावलले बताएका छन। साथै रोड निमार्ण भईरहेकोले र सवारीसाधानको संङख्या पनी बढीरहेकोले दुर्घटनाका घट्ना बढीरहेको रावलको भनाइ रहेको छ।

आर्थिक वर्ष २०७६/७७ मा २ हजार तिन सय ७३ सवारी कार्बाहीवाट १३ लाख बढी राजश्व संकलन गरीसकेकोे ट्राफिक कार्यलय का प्रहरी सहायक निरीक्षक रावलले बताउनुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्