जनताको दुख बुज्न घरमै पुगे अध्यक्ष शेर्पा

सुशील सुवेदी, सिन्धुपाल्चोक

प्राकृतिक प्रकोपको हिसाबले सिन्धुपाल्चोक अग्रपंत्तिमा छ । हरेक खाले बिपत्ति सिन्धुपाल्चोक सँग जोडिन्छन । अहिले सिन्धुपाल्चोकमा बाढी पहिरोको घटनाहरु घटिरहेका छन् । पहिरोले जिल्लामा ठुलै क्षति पुर्र्याएको छ । हरेक ठाउमा पहिरो गैसकेपछी नेताहरु पुग्छन् र समबेदना दिएर फर्किने गरेका छन् । नेताहरुलाइ पहिरोमा जानु पर्यटन घुम्न गएजस्तो छ ।

आफैले जिताएका नेताको मुख देख्न अहिले कि त कार्यालयमा नै धाउन पर्छ कि त प्राकृति प्रकोप नै हुनपर्छ । आसा अनि भरोसा भनेकै तिनै नेता हुन्छन् विपत्तिमा नेताहरु पुग्दा ठुलै आश गर्छन जनताले तर भैदिन्छ माछो माछो भ्यागुत्तो । तर हेलम्बु गाउँपालिकाले हरेक काम पृथक ढंगले गरिरहेको छ । आफ्नो गाउपालिकामा बाढी पहिरो बाट क्षती नहोस भन्नका लागि र गाउँ गाउको अबस्था बुज्नको लागि पालिका प्रमुख आफै गाउँ ,गाउँ घर , घर पुगेका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पा पिर मर्का बुझ्दै गाउँ छिरेका हुन् । उनले जनातालाइ जोखिम भए तत्काल बस्ति सार्ने सल्लाह दिदैँ गाउँपालिकामा खबर गर्न आग्रह गरेका छन् ।

कुनै बस्ति असुरक्षित देखिएमा तत्काल स्थानान्तरण गर्ने र सुरक्षित गर्ने ब्यबस्था मिलाउनका लागि आफु गाउँ छिरेको बताए । सम्बन्धित वडाका वडा अध्यक्ष, गाउँपालिकाका उपाध्यक्ष सहित गाउँ गएका उनि गाउँमा पुग्दा छुट्टै आनन्द आएको सुनाउनछन् । जताततै पहिरो गइरहँदा जिल्लाका हरेक भेगका नागरिकहरुमा एक किसिमको त्रास पैदा भएको छ । कतिपय मानिसहरु अझैपनि जोखिम मोलेर बस्न बाध्य छन् । हेलम्बुका नागरिकमा पनि त्यसकिसिमको त्रास त छनै “ हामि डराउथौँ पालिका प्रमुख नै आएर घरमा सुतेपछि ढुक्क लाग्यो ”हेलम्बु ७ पातिङका सुकुमान तामाङले सुनाए । कतिपय पालिका प्रमुखहरु पहिरोले गाडि चल्ने बाटो बन्द हुँदा बाटो नभएको बाहाना बनाउँदै आफ्नो कार्यालय सम्म पनि आउन सक्दैनन् । तर अध्यक्ष शेर्पा भने २ दिन हिडेँर जनताको घरमा पुग्छन् उनि भन्छन् “जनता नै नभए हामि कहाँ हुन्छौँ र ” पहिलो चरणमा अलि धेरै जोखिम रहेका वडाहरमा गएको भन्दै शेर्पाले वडा नम्बर ५ मा पनि आफु छिट्टै पुग्ने बताए ।

“एकल पुरुषहरुलाइ पनि भत्ता दिएको छ,कोरोनाको महामारिले पहिलो चरणको लकडाउन हुँदापनि औषधि बोकेर घर घर आउनुभयो हामिले चुनेको जनप्रतिनिधिले गरेको काम देखि हामि खुशि छौ सुलसिङका मिङ्मार लामाले भने जनप्रतिनि होस् त हेलम्बुको जस्तो ” शेर्पा जनता सँग लोकप्रियता कमाउन भन्दा पनि साच्चै दुख सुख बुज्न गाउँगएको बताउछन् । कुनै बस्ति जोखिम देखेमा तत्काल सुरक्षित स्थानमा सार्ने गाउँपालिकाले जनाएको छ । कतै असुरक्षित भयौँ भनदै ज्ञापन पत्र बुझाउन जाँदा बस्ति स्थानान्तरण हुँदैन भने कतै सम्बन्धित निकाय आफैँ जनता सँग पुग्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्