बाढीपहिरोको अनुगमन गर्न गृहमन्त्री थापासहितको टोली बाजुरामा

देबराज पाध्याय, बाजुरा

बाजुरा जिल्लामा बाढीपडितको अनुगमन गर्नका लागि गृहमन्त्री रामबहादुर थापा सहितको टोली मंगलवार बाजुरा पुगेको छ । गृहमन्त्री थापा सँगै नेकपा शुदुर पश्चिम प्रदेश अध्यक्ष कणर् थापा, प्रतिनिधि सभाका सदस्य सांसद लालबहादुर थापा, शुदुरपश्चि प्रदेश सरकारक आन्तरीक मामिला मन्त्रि प्रकाश शाह लगायतको टोलीबाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।

नेपाली सेनोको हेलिकप्टरमाबाजुरा पुगेका गृहमन्त्री थापा गौमुल गाउँपालिकाको सिममा पुगेर बाढि र पहिरो पिडितहरूलाइ राहत साम्रगी बितरण गरेको छ । राहत बितरण गर्दै थापाले भने जनताको साथमा आफु रहेको तपाइहरुको पिडामा मलम लाउने काम जहिले गर्ने थापाले वताएका छन् । साथै चाडै पुणर् बिस्थापित परिवारलाई पुर्नस्थापनागर्ने जनता माझ बताएका थिए ।

गृहमन्त्रीको टोलीले बाजुराको गौमुल गाँउपालिकाको सिम, बडिमालिका नगरपालिका- ४ घागर, बुढिगंगा नगरपालिकाको ताप्रिसेरा र साँफे मार्तडी सडक खण्डको अनुगमन गरेका छन् । साउन २५ गते राति बुढीगंगा नदिमाआएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुलगाउपालिका र बुढीगंगा नगरपालिकाकानदिछेउकाबासिन्दाका घरहरु बगाएर बिस्थापीत भएका थिए । अबिरल बर्षासँगै बुढिगंगा नदिमाआएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज समेत बगाएर मानिस समेत आवत जावत एक हप्ता बाट बन्द भएकोछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्